काठमाडौं । सरकारले पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।
बिहीवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई अमेरिकी राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
डा खतिवडाको कार्यकाल सकिएसँगै प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाकारमा नियुक्त गरिएको थियो ।
त्यस्तै आजको बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूतका लागि सिफारिस गर्ने निर्णय गरिएको स्रोतले जनाएको छ ।
भने नयाँ मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया