१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

काठमाडौं । पाल्पामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा माथागढी गाउँपालिका-५ ओखलढुङ्गा बस्ने ४५ वर्षीय ईन्द्र बहादुर घर्तीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई घरमा कोही नभएको अवस्थामा मंगलबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी माथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै ती किशोरीलाई बिहीबार जबरजस्ती करणी गर्ने अर्का ४२ वर्षीय पुरुष हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?