काठमाडौं । कोरोना कहरकाबीच पनि गत साउन महिनाको रेमिट्यान्स आप्रवाहदर सुधार देखिएको छ ।
साउन महिनामा मात्रै विभिन्न वैधानिक माध्यमबाट ९२ अर्ब ७१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार गत जेठ महिनामा ९४ अर्ब ३ करोड र असारमा १ खर्ब १६ करोड रुपैयाँ भित्रिएको भित्रिएको थियो ।
अघिल्लो वर्षको साउनको अवधिमा ७५ अर्ब ४० करोड बराबर विप्रेसण नेपाल भित्रिएको थियो । भने यो वर्ष अघिल्लो वर्षको तुलनामा २३ प्रतिशत बढी रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै अघिल्लो वर्षको असारको तुलनामा यो वर्ष करिब १० प्रतिशत रेमिट्यान्स बढी भित्रिएको छ ।
असार आर्थिक वर्षको अन्तिम महिना भएकाले अन्य महिनाको तुलनामा रेमिट्यान्स आप्रवाह पनि तुलनात्मक रुपमा बढी हुने गर्दछ । भने साउनमा भने रेमिट्यान्स आप्रवाह दर कम हुने तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया