अनसनरत डा गोविन्द केसीका समर्थकहरु माइतीघरबाट पक्राउ

काठमाडौं । स्वास्थ्य क्षेत्रका विभिन्न मागहरु राख्दै १९ औँ अनसनरत डा गोविन्द केसीका समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको छ।

उनको माग पूरा गर्न दवाव दिने उद्देश्यले शनिबार राजधानीको माइतीघरमा प्रदर्शनका लागि पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध र केसीको पक्षमा नाराबाजी गर्दैगर्दा पक्राउ परेका हुन् ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै आएका अनसनरत डा केसीले गत भदौ २९ गते जुम्लाबाट २९ औँ अनसन शुरु गरेका थिए । उनको स्वास्थ्यमा समस्या आएसँगै काठमाडौं ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?