दाङ । दाङको तुलसिपुरबाट ५ किलो अफिमसहित २ जना पक्राउ परेका छन ।
तुलसिपुरको गुम्राह चोकबाट गएराति अफिमसहित श्रीमान / श्रीमती पक्राउ परेको दाङ प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रोल्पा थबाङ घर भइ हाल तुलसिपुर बस्दै आएका ४६ बर्षिय कर्म बुढा र उनकी श्रीमती ४५ बर्षिय राजकुमारी बुढा रहेका छन । जिल्ला प्रहरी कार्यालय दाङका एसपि गणेश चन्दले रोल्पाबाट दाङ ल्याउन लागेको बिशेष सुचनाको आधारमा उनिहरुलाइ अफिमसहित पक्राउ परेको जानकारी दिए ।
एसपि चन्दले उनिहरुलाइ जिल्ला प्रहरि कार्यालय दाङबाट खटेको बिशेष प्रहरि टोलिले पक्राउ गरेको बताए । उनिहरुलाई लागू औषध अनुसार मुद्धा चलाई कारबाही हुने र घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया