काठमाडौं । बितेको २४ घण्टामै काठमाडौं उपत्यकामा एकैपटक ७ सय ५५ कोरोना (कोभिड-१९) संक्रमित थपिएका छन् । आज थपिएका संक्रमित मध्ये ५० प्रतिशत संक्रमित काठमाडौं उपत्यकाकै रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।
प्रवक्ता गौतमले बन्दाबन्दी खुले पनि काठमाडौं उपत्यका जस्तो घना बस्ती भएको ठाँउमा जोखिम नघटेको कारण उच्च सतर्कता अपनाउन आग्रह समेत गरेका छन् ।
यस्तो छ नेपालमा कोरोना भयावहको पछिल्लो अवस्था :
कोरोना भाइरस ‘कोभिड-१९’ संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ जना महिला र १२ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङका ५५ वर्षिया, सुनसरीका ८१ वर्षिया, धादिङका ३२ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ७३ वर्षिया महिला र ८४ वर्षिय पुरुष, काठमाडौंमा ८२ वर्षिया महिला र ७५, ७९ र ८० वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै झापामा ७८ वर्षिय, धनुषामा ६८ र ७० वर्षिय, रौतहटमा ६५ वर्षिय, तनहुँमा ३९ वर्षिय, दाङमा ३९ वर्षिय, कपिलवस्तुमा ५० वर्षिय र नवलपरासीमा ५५ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ ।
बितेको २४ घण्टामा १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा ५ सय १३ जना महिला र ९ सय ८४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै काठमाडौंमा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा संक्रमण देखिएको छ ।
यस्तै चितवनमा १ सय ३७, मोरङमा ७३, रुपन्देहीमा ८६ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभरी सक्रिय संक्रमित Active case को संख्या १८ हजार ४ सय ३७ रहेको छ ।
संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ सय ७, प्रदेश नम्बर २ मा ९ सय ८४, बाग्मती प्रदेशमा ५ हजा ३ सय ९ र गण्डकी प्रदेशमा ६ सय ३० जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ४२, कर्णाली प्रदेशमा २ सय ८१ र सुदूरपश्चिम प्रदेशमा ४ सय ६१ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार ६ सय १४ जना संक्रमित रहेका छन् ।
होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ४ सय ७७, प्रदेश नम्बर २ मा ६ सय ४३, बाग्मती प्रदेशमा ५ हजार ५ सय ३६ र गण्डकी प्रदेशमा ३ सय ६० जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ८६, कर्णाली प्रदेशमा २ सय ३३ र सुदूरपश्चिम प्रदेशमा १ सय ८८ गरी देशभरी ९ हजार ८ सय २३ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
हाल आइसियुमा २ सय ३२ जना र भेन्टिलेटरमा २८ जना संक्रमित उपचाररत रहेका छन् ।
आज ४ सय ५७ जना संक्रमित डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ६ सय, प्रदेश नम्बर २ मा १२ हजार ८ सय ५, बाग्मती प्रदेशमा ३ हजार ७२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ४८ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ८ सय २५, कर्णाली प्रदेशमा २ हजा ७ सय ९१ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ३ सय ७० गरी देशभरी ५० हजार ४ सय ११ जना संक्रमणमुक्त भएका छन्।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ५६५ जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
हिजो (बुधवार) नेपालमा १ हजार १७२ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ८२३ जना संक्रमणमुक्त भएका थिए भने ७ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया