तरुण दल सुनसरीका पूर्व अध्यक्ष देवकोटाको उपचारको लागि अमेरिकाबाट आर्थिक सहयोग

काठमाडौं । नेपाली कांग्रेस निकट संगठन नेपाल तरुण दल सुनसरीका पूर्व अध्यक्ष दुर्गा देवकोटाको उपचारका लागि अमेरिकाबाट दुई लाख २३ हजार ४० रुपैयाँ सहयोग संकलन भएको छ।

मिर्गौला पीडित देवकोटाको उपचारका लागि नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी, नेपाल तरुण दलका नेता एवं गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य शंकर खड्काको पहल र नेपाली काँग्रेस तरुण विभागका सदस्य विकास उप्रेतीको सक्रियतामा उक्त रकम जम्मा भएको तरुण दलका अध्यक्ष जितजंग बस्नेतले जानकारी दिए ।

अध्यक्ष बस्नेतले देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रवासमा बसेर पनि संगठनका एक योद्धाप्रति अपार माया र सदभाव देखाएको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?