ललितपुरमा पहिरोले मोटरसाइकल र ट्रिपर पुर्दा ५ जना घाईते

काठमाडौं । ललितपुरमा पहिरोले दुईवटा ट्रिपर र एउटा मोटरसाइकल पुरेको छ । ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडामा गएको पहिरोले पुर्दा ट्रिपर र मोटरसाईकलमा सवार ५ जना घाईते भएका छन् ।

पहिरोले पुरेका मध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेक प्रसाद राईले जानकारी दिए ।

यसैगरी, आज (बिहीवार)  बिहान स्याङ्जाको वालिङमा गएको पहिरोमा परेर एकै परिवारका ९ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १४ तमादीका एकै परिवारका ९ जनाको मृत्यु भएको हो । त्यस्तै कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा परि अन्य १ जनाको निधन भएको छ । बिहीवार बिहान स्याङ्जामा मात्रै अहिलेसम्म १० जनाको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?