काठमाडौं । नेपाली बजारमा आज (आईतबार) सुनको मूल्य आज स्थिर रहेको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजारमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रहेको छ । तेजावी सुनको मूल्य ९६ हजार ५ सय रहेको छ ।
आज आईतबार चाँदीको मूल्य भने केहि घटेको छ । शुक्रबार तोलामा १३३० मा कारोबार भएकोमा आज १५ रुपैयाँले घटेर प्रतितोला १३१५ कायम गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया