९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्न पक्राउ

काठमाडौं । कास्कीमा ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्नेलाई प्रहरीले पक्राउ गरेका छ ।

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पोखरा महानगरपालिका-१९ लामाचौर बस्ने धादिङ गंगाजमुना गाउँपालिका-६ घर भएका ३२ वर्षीय बिकाश बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

बिकले ती बालिकालाई ललाई फकाई एकान्त स्थानमा लगि यौन दुर्व्यवहार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बिक उपर बाल यौन दुरुपयोग कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?