काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार २०४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ३३३ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप १ हजार ४४७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४५ हजार २६७ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७२ प्रतिशत हो ।
प्रवक्ता गौतमका अनुसार नेपालका ९ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ९ जिल्ला
- काठमाडौं
- भक्तपुर
- ललितपुर
- चितवन
- मकवानपुर
- सर्लाही
- सिराहा
- रुपन्देही
- सुनसरी
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १७ हजार १२९ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ७ हजार ९७६ जना र संस्थागत आईसोलेसनमा ९ हजार १५३ जना छन् । तिमध्ये १७९ जना संक्रमितको आईसियु र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार ७३५ जना रहेका छन् । डाक्टर गौतमका अनुसार सोलुखुम्बु, म्याग्दी, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४०१ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ११ जनाले ज्यान गुमाएका छन् ।
हिजो शुक्रवार नेपालमा २ हजार २० जनामा संक्रमण पुष्टि भएको थियो । ८७१ जना संक्रमणमुक्त भएका थिए भने ७ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया