काठमाडौं । नेपाललाई युरिया मल दिन बंगलादेश तयार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी समकक्षीसँग टेलिफोन वार्ता गरेर मल सहयोग मागेका थिए ।
सरकारको आग्रहसँगै कृषि मन्त्रालयले समेत परराष्ट्र मन्त्रालयमार्फत छलफल गरेकोमा बंगलादेश युरिया मल दिन तयार भएको हो । यससँगै आज बसेको मन्त्रिपरिषद्को बैठकले सो मल ल्याउने अधिकारीक निर्णय गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव राजेन्द्र भारीले जानकारी दिए ।
धानका लागि युरिया मलको अभाव भएपछि सरकारले बंगलादेश सरकारसँग ५० हजार टन युरिया मल सहयोग अथवा सापटीमा दिन आग्रह गरेको थियो । सोही आग्रह वमोजिम त्बंगलादेशी सरकारले सापटीको रुपमा मल दिन सहमति जनाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया