विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो

काठमाडौं । कोरोनाभाइरसको संक्रमण आजका दिनसम्म आइपुग्दा संक्रमितको संख्या ३ करोड नाघेको छ ।

बिहीबार राति अबेरसम्म विश्वभर कोरोना संक्रमितको कुल संख्या ३ करोड १ लाख ७० हजार नाघेको छ ।

यस्तै हालसम्म २ करोड १९ लाख ५ हजार बढी निको भएका छन् । यस्तै ९ लाख ४७ हजार ३११ को मृत्यु हुँदा ७३ लाख बढी सक्रिय संक्रमित रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?