काठमाडौं । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १७१ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये ५० जना महिला र १२१ जना पुरुष रहेका छन् । ती मध्ये मोरङमा ९२, सुनसरीमा ६३, झापामा ११, खोटाङ र धनकुटामा एक -एक र प्रदेश बाहिरका तीन जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरी विराटनगरमा सो अवधिमा ६५ जनामा सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये १५ जना महिला र ५० जना पुरुष छन् ।
यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार २७१ पुगेको छ । आज ४३ जना सहित दुई हजार २३९ जना कोरोनाबाट मुक्त भइ घर फर्किसकेका मन्त्रालयले जनाएको छ । हालसम्ममा एक लाख १३ हजार २२० जनाको पिसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
मृतक सङ्ख्या १२ पुग्यो
सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड-१९का सक्रिय सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ । प्रदेशमा गत भदौ ३० गतेसम्म ६९८ जना सक्रिय सङ्क्रमित रहेकोमा दुई दिनमा १०४जना थपिएर कूल सक्रिय सङ्क्रमित ८०२ जना पुगेका छन् । कोभिड-१९बाट प्रदेशमा सबै भन्दा बढी प्रभावित जिल्ला कैलालीमा सक्रिय सङ्क्रमित ४२४ जना पुगेका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण भइ सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत धनगढी उपमाहानगरपालिका-५का ५७ बर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको छ । यो सँगै प्रदेशमा कोरोना सङ्क्रमणवाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । पछिल्लो २४घण्टामा प्रदेशका कैलाली,अछाम,डोटी, र कञ्चनपुर जिल्लाका गरी थप ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कूल सङ्क्रमित छ हजार ५२८जना पुगेका छन् ।
कोरोना निको भई आजसम्म पाँच हजार ७१४ जना डिस्चार्ज भएका छन् । यसै बीच बैतडी जिल्ला अस्पतालमा आजवाट पिसीआरबाट कोरोना सङ्क्रमितका शङ्कास्पदको नमूना परीक्षण गर्ने प्रयोशाला सञ्चालन भएको छ । प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रयोगशालाको शुभारम्भ गरेका थिए ।
३१४ जना आइसोलेशनमा
कर्णाली प्रदेशमा एकैदिन आज ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन हजार २४ पुगेको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको प्रयोगशालामा १०५ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ती मध्ये सुर्खेतका ६४, दैलेखका नौ, जाजरकोटका छ, कालीकोटका चार, डोल्पा, कैलाली, बाँकेका तीन-तीन, कञ्चनपुर, अछाम र बर्दियाका दुई÷दुई, सल्यान, रुकुमपश्चिम, जुम्ला र हुम्लामा एक÷एक जना रहेका मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले जानकारी दिए ।
आज पुष्टि भएका कोरोना सङ्क्रमित मध्ये २८ जना सुरक्षाकर्मीहरु रहेका उनले बताए । आज नै २८ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । यस प्रदेशमा कोरोना सङ्क्रमण जितेर घर फर्किनेको सङ्ख्या दुई हजार ६३३ पुगेको छ । उनका अनुसार यस प्रदेशमा ३१४ जना आइसोलेशन र ३८९ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया