लामो दुरीका यातायात सेवा शुरु, यस्ता छन् नियमहरु

काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण लामा समयदेखि बन्द रहेका लामो तथा मध्यम दुरीका सवारी साधान आजबाट सञ्चालनमा आएका छन । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्सँग सरकारले गत चैत ११ गतेबाट लकडाउन जारी गरेको थियो । यातायात सेवा पनि सोही समयदेखि बन्द थियो ।

लकडाउन खुकुलो भएपछि छोटो दुरीका सवारी सञ्चालनमा आएपनि लामो दुरीका यातायातका साधन सञ्चालनमा आएका थिएनन् । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै गाडी सञ्चालन गर्न पाइने छ । आज आज विश्वकर्मा पूजाको अवशरमा पूजा सकेर गाडीहरु चल्न शुरु भएको व्यवसायीहरुले बताएका छन ।

यातायात सञ्चालन गर्दा विगतभन्दा कम अर्थात कुल क्षमताको ५० प्रतिशत मात्रै यात्रुहरु राख्न पाइने छ । यद्यपी साविकको भाडाभन्दा ५० प्रतिशत बढाएर लिन पाउने निर्णय सरकारले गरेको छ । साथै यात्रु तथा सार्वजनिक गाडीका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ । स्वास्थ्य सावधानीका उपाय पालना गरे-नगरेको अनुगमन गर्न ठाउँ–ठाउँमा चेकिङको व्यवस्था मिलाइएको छ । यदि पालना नगरेको पाइए कारबाही गर्ने चेतावनी सरकारले दिएको छ ।

लामो तथा मध्यम दूरीका यात्रुलाई खाजा तथा खाना स्थानीय प्रशासन र व्यवसायी संघले नै समन्वय गरेर खुवाउनुपर्ने छ । साथै लामो दूरीका गाडीहरुलाई बीच बाटोमा यात्रु चढाउन वा अनावश्यक काममा रोकिन बन्देज लगाइएको छ । उपत्यकाभित्र चल्ने यातायातको हकमा जोर विजोर प्रणाली लागु हुनेछ । अर्को आदेश नभएसम्मका लागि जोरविजोर प्रणाली लागु हुने निर्णय जिल्ला प्रशासन कार्यालयहरुले गरेका हुन । होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्चालन खुला गरिएको छ ।

यसअघि बारअनुसार पालो मिलाएर मात्र खोल्न पाउने व्यवसायहरु अब हप्तामा सातै दिन खोल्न सकिने निर्णय पनि प्रशासनले गरेको छ । तर सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा भने खोल्न पाइने छैन । यस्तै, शैक्षिक संस्था, सभा समारोह, पार्टी तथा विरोध र्‍याली र सभामा लगाइएको रोक कायमै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?