काठमाडौं । इरानमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४ लाख १० हजार ३ सय ३४ जना पुगेको छ । हालसम्म २३ हजार ६ सय ३२ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार हालसम्म ३ लाख ५२ हजार १९ जना कोरोना उपचारपछि निको भएर फर्किएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ७९ जनाको मृत्यु भएको र २ सय ९ सय ८१ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ४२ हजार ५ सय ६४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ९९ लाख २७ हजार ६ सय ८५ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड १६ लाख ८५ हजार ७ सय २१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ९ सय ७३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया