काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली यथावत (सूचनासहित)

काठमाडौं । भोलीदेखि काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी सञ्चालनमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासनले एक सूचना जारी गर्दै सवारी सञ्चालनमा जोर बिजोर साथै अन्य सेवाको हकमा मापदण्ड तय गरेको छ ।

आज एक सूचना जारी गर्दै तीनै जिल्लाका प्रशासनले सरकारले तोकेको जनस्वास्थ्यको मापदण्डमा रही जोरबिजोर प्रणाली लागू गर्ने र अत्यावश्य सेवाको हकमा भने उक्त नियम लागू हुनेछैन् । त्यस्तै खुला स्थानमा जमघट भेला, भोजभतेर तथा नाराजुलुस गर्न पाइने छैन् ।

शैक्षिक संस्थाहरु (विद्यालय कलेज, ट्यूसन सेन्टर तालिम केन्द्र) तथा सबै किसिमका परीक्षाहरु सञ्चालन नगर्न समेत निर्देशन दिएको छ । सरकारले भोलीबाट लामो दूरीका यातायातका सवारी तथा आन्तरिक हवाइ उडान समेत सञ्चालनको लागि अनुमती दिएको छ । यस अवस्थामा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै भन्दै प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ र संक्रमक रोग ऐन २०२० अन्तर्गत विभिन्न क्रियाकलापका लागि भोलीबाट अर्को सूचना नआएसम्मका लागि बन्देज लगाइएको जनाएको छ ।

सूचना पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?