काठमाडौंमा कोरोनाबाट थप २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७१ सय ७४ वर्षीया महिलाहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यससँगै देशभर पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । यो कुल संक्रमितको ० दशमलव ६५ प्रतिशत हो ।

त्यस्तै बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५८ हजार ३ सय २७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितमध्ये ७१ दशमलव ५ प्रतिशत अर्थात ४१ हजार ७ सय ६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप १ हजार ६८ जना कोरोना मुक्त भएका हुन् । नेपालमा हालसम्म ८ लाख ७२ हजार २ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशभरको प्रयोगशालामा १० हजार ९ सय ९४ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?