काठमाडौं । मृत्यु भइसकेका मानिसहरुको कोरोना परीक्षण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले मृत्यु भइसकेका मानिसहरुको कोरोना कोरोना परीक्षण नगर्न मन्त्रालयले निर्देशन दिएको हो ।
उनका अनुसार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । यद्यपी शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप ८ जनाको ज्यान गएको छ । त्यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५८ हजार ३ सय २७ जना पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितमध्ये ७१ दशमलव ५ प्रतिशत अर्थात ४१ हजार ७ सय ६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप १ हजार ६८ जना कोरोना मुक्त भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया