काठमाडौं – बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस ‘कोभिड -१९’ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९४ जना भएको पीसीआर परीक्षणमा काठमाडौै उपत्यकामा ७ सय ३७ जनासहित देशका विभिन्न जिल्लामा थप १ हजार ५ सय ३९ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ६५२ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आजसम्म ८ लाख ७२ हजार २ सय ७४ पीसीआर परीक्षण भएकोमा ५८ हजार ३ सय २७ जनामा कोरोना देखिएको छ ।
बितेको २४ घण्टामा थप १ हजार ६८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार प्रदेश नम्बर १ मा ३ हजार ५ सय ५७, प्रदेश नम्बर २ मा ११ हजार ३ सय ५७, बाग्मती प्रदेशमा ८ हजार ८ सय ६४ र गण्डकी प्रदेशमा २ हजार ४ सय ११ जना, प्रदेश नम्बर ५ मा ६ हजार ७ सय ६४, कर्णाली प्रदेशमा २ हजार ५ सय ९० र सुदूरपश्चिम प्रदेशमा ६ हजार ६३ गरी देशभरी आजसम्म ४१ हजार ७ सय जना संक्रमणमुक्त भएका छन् ।यो कुल संक्रमितको ७१.५ प्रतिशत हो ।
कोरोना भाइरस ‘कोभिड – १९’ बाट थप ८ जना संक्रमितको मृत्यु भएको छ । विभिन्न जिल्लामा ८ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ ।
आज देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ जना रहेको छ । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ४ सय १६, प्रदेश नम्बर २ मा ९ सय ४६, बाग्मती प्रदेशमा ४ हजार ५ सय ९५ र गण्डकी प्रदेशमा ८ सय १ जना, प्रदेश नम्बर ५ मा १ हजार २ सय ७२, कर्णाली प्रदेशमा २ सय ६२ र सुदूरपश्चिम प्रदेशमा २ सय ४९ गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४१ जना संक्रमित रहेका छन् ।
यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ३९, प्रदेश नम्बर २ मा १ हजार ३ सय १, बागमती प्रदेशमा ३ हजार ९ सय र गण्डकी प्रदेशमा १ सय ८२ जना, प्रदेश नम्बर ५ मा ७ सय ४२, कर्णाली प्रदेशमा १ सय २३ र सुदूरपश्चिम प्रदेशमा ३ सय १४ गरी देशभरी ७ हजार ७ सय १ जना संक्रमित रहेका छन् ।
यस्तै आइसियुमा १ सयय ७३ र भेन्टिलेटरमा २६ जना उपचाररत रहेका छन् ।
यस्तै काठमाडौंसहित, भक्तपुर, चितवन, मकवानपुर, सर्लाही, रुपन्देही, सुनसरी, सिराह गरि ८ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार सोलुखुम्बु, म्याग्दी, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
नेपालमा हिजो (मंगलबार) काठमाडौं उपत्यकामा ६७६ सहित १ हजार ४५९ जना कोरोना संक्रमित थपिएका थिए ।
स्वास्थ्य मन्त्रालयको यो विवरण हेर्नुहोस् : कुन जिल्लामा कति थपिए संक्रमित ?



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया