काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप ८ जनाको ज्यान गएको छ । त्यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५८ हजार ३ सय २७ जना पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितमध्ये ७१ दशमलव ५ प्रतिशत अर्थात ४१ हजार ७ सय ६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप १ हजार ६८ जना कोरोना मुक्त भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया