काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस ‘कोभिड- १९’ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ९ सय ९४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार नेपालका ८ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ८ जिल्ला
- काठमाडौं
- भक्तपुर
- चितवन
- मकवानपुर
- सर्लाही
- रुपन्देही
- सुनसरी
- सिरहा
यस्तै बितेको २४ घण्टामा थप १ हजार ६८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ । यो कुल संक्रमितको ७१.५ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या Active case १६ हजार २४२ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ७ हजार ७०१ जना र संस्थागत आईसोलेसनमा ८ हजार ५४१ जना छन् । तिमध्ये १७३ जना संक्रमितको आईसियु र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार ८२० जना रहेका छन् । डाक्टर गौतमका अनुसार सोलुखुम्बु, म्याग्दी, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा बितेको २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।
नेपालमा हिजो (मंगलबार) काठमाडौं उपत्यकामा ६७६ सहित १ हजार ४५९ जना कोरोना संक्रमित थपिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया