२० वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने ४ जना पक्राउ

काठमाडौं । झापामा २० वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने ४ जना पक्राउ परेका छन् ।

२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका-५ बस्ने २७ वर्षीय सोमनाथ गौतम समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई उनीहरुले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?