पिसिआर शुल्क दुई हजार कार्यान्वयन गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को पिसिआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क रु दुई हजार कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज मन्त्रिस्तरीय निर्णय गर्दै घटेको शुल्कमा पिसिआर परीक्षण गराउन निर्देशन दिएको हो । स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख एवं मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सबै कोभिड-१९ परीक्षण गर्ने प्रयोगशाला, सातैवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्र लेख्दै पिसिआर परीक्षण शुल्क दुई हजार कार्यान्वयन गराउन पत्राचार गरेका छन् ।

मन्त्रालयले आइतबार राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पिसिआर परीक्षण गर्ने रिएजेन्ट र अन्य सामान घटेका आधारमा नेपालमा पनि रु दुई हजार परीक्षण शुल्क तोकेको थियो । यसअघि मन्त्रालयले पिसिआर परीक्षणका लागि चार हजार ४०० तोको थियो । त्यो भन्दाअघि पिसिआर परीक्षणका लागि मन्त्रालयले पाँच हजार ५०० शुल्क तोकेको थियो ।

नेपालमा अहिले सरकारी ४७ वटा प्रयोगशालामा पिसिआर परीक्षण हुँदै आइरहेको छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?