दुर्घटनामा परि राष्ट्रिय क्रिकेट टिमका सदस्य ललित सिंह भण्डारी घाइते

काठमाडौं । सडक दुर्घटनामा परि राष्ट्रिय क्रिकेट टिमका सदस्य ललित सिंह भण्डारी घाइते भएका छन् ।

मोटर साइकलमा सवार भण्डारीलाई कञ्चनपुरको झलारी बजारमा मिनी ट्रकले ठक्कर दिएको हो ।

भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाईकल महेन्द्रनगरबाट झलारीतर्फ जाँदै गरेको थियो । त्यस्तै विपरीत दिशाबाट महेन्द्रनगर तर्फ आईरहेको से १ ख १३२४ नम्बरको मिनि ट्रक आसपमा ठोक्किदा उनी घाइते भएका हुन् ।

मोटरसाईकलमा भण्डारीसँगै सवार करन ठगुन्ना पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर थापाले बताए । उनीहरुलाई ठक्कर दिने मिटिट्रकका चालक भने फरार रहेका छन् ।

नायव उपरिक्षक थापाका अनुसार उनीहरुको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?