भक्तपुर । आइतबार भक्तपुरमा ८१ संक्रमित थपिएका छन् ।
योसँगै भक्तपुरमा कोरोना संक्रमितको संख्या १ हजार नजिक पुगेको छ । अर्थात पछिल्लो तथ्यांक अनुसार भक्तपुरमा कोरोना संक्रमितको संख्या ९९३ पुगेको छ । जसमा पुरुष ५७७ र महिला ४१६ जना रहेका छन् ।
शनिबारसम्म भक्तपुरमा कोरोना संक्रमितको संख्या ९१२ जना रहेको थियो ।
अहिलेसम्म भक्तपुरमा कोरोनाको कारणले १४ जनाको मृत्यु भएको छ । जसमा ५ जना महिला र ९ जना पुरुष रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया