बैंकले गरे पुनर्कर्जाको आवेदन लिन आनाकानी

पुनर्कर्जाका लागि ग्राहकबाट आवेदन संकलन गर्न राष्ट्र बैंकले निर्देशन दिए पनि बैंक तथा वित्तीय संस्थाले आनाकानी गरेका छन् ।

निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले पहिलो चरणका लागि भदौ १ देखि असोज १४ सम्म पुनर्कर्जाका लागि ग्राहकबाट आवेदन संकलन गरिसक्नुपर्छ । तोकिएको समय सकिन अब करिब १८ दिन मात्र बाँकी छ ।
गएको झन्डै एक महिनामा बैंक तथा वित्तीय संस्थामा अपेक्षित रूपमा आवेदन संकलन नभएको स्रोतले बताएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?