लकडाउनका कारण समस्यामा परेकाहरुलाई युवाहरुको निरन्तर सहयोग

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन तथा निषेधाज्ञामा धेरै मजदुर तथा गरिखाने वर्गमा नराम्रो असर पर्यो । भोकले कोही मर्दैन भन्ने राज्यको नीति भएपनि सडकमा भोकभोकै हिडेको तस्वीर तथा प्रत्यक्ष देखियो । त्यसरी समस्यामा परेकाहरुलाई सहयोग गर्न धेरै युवाहरुले सक्रियता देखाएका छन् । जसमध्ये एक हो द राईजिङ युवा समाज मनमैजु । निषेधाज्ञाको समयमा समस्यामा परेका धेरै मजदुर तथा अन्यलाई संस्थाले सहयोग उपलब्ध गराउँदै आइरहेको छ ।

यसै क्रममा संस्थाले हिमालय वृद्धा आश्रमलाई खाद्यन्न तथा अन्य आवश्यक सामाग्रीहरु उपलब्ध गराएको छ । संस्थाले अभियानकै रुपमा विभिन्न ठाउँहरुमा सहयोग गर्दै आएको युवा समाजका संयोजक सुरेश ढंगोलले बताए ।

संस्थाले वृद्धा आश्रमलाई चिनी, ग्यास सेट, चाउचाउ, भुजिया, साबुन,  मिनिरल वाटर, ट्याङ्करको पानी तथा चामल दाल र मासु समेत उपलब्ध गराएको उक्त अभियानका अभियान्ता सुमन थापा रोहितले जानकारी दिए ।

संस्थाले यसअघि विभिन्न युवा अभियान्ता तथा संस्थाहरुलाई नै खाद्यन्न सामाग्रीहरु उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?