यी ६ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार १७६ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ समेत गरी ४१६ जना महिला र ७८५ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार नेपालका ६ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ६ जिल्ला

  • काठमाडौं
  • चितवन
  • सर्लाही
  • रुपन्देही
  • सुनसरी
  • ललितपुर

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १५ हजार २६० रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ६ हजार १५३ जना र संस्थागत आईसोलेसनमा ९ हजार १०७ जना छन् । तिमध्ये १६० जना संक्रमितको आईसियु र २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ३५४ जना रहेका छन् । यस्तै काठमाडौंसहित सुनसरी, सर्लाही, चितवन, ललितपुुर र रुपन्देही गरि ५ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ,मुस्ताङ, म्याग्दी,डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३३६ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै १४ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?