पाकिस्तानमा महिला पत्रकारको हत्या

काठमाडौं । पाकिस्तानमा शनिवार एक महिला पत्रकारलाई गोली हानेर हत्या गरिएको छ ।

शाहीना शाहीन सरकारी टिभी च्यानल पाकिस्तान टिभीमा एंक र रिपोर्टर थिइन् । केहि दिन अगाडि मात्र उनलार्य बलूचिस्तानको तुरबतमा ट्रान्सफर गरिएको थिो ।

शाहीन भन्दा अगाडि गएको वर्ष मेमा उरुज इकबाल नामक महिला पत्रकारलाई पनि गोली हानेर हत्या गरिएको थियो ।

रिपोर्टसका अनुसार १९९२ बाट यता २८ वर्षमा ६१ जना पाकिस्तानी पत्रकारको हत्या भएको छ ।

२७ वर्षकी उनी क्वेटा यूनिभर्सिटीमा पीएचडी गर्दै थिइन् । अहिलेसम्म उनको हत्यारा फरार रहेको बताइएको छ ।

उनको विवाह भएको मात्र पाँच महिना भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?