पीसीआर परीक्षणको शुल्क घट्यो

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को पीसीआर परीक्षणको शुल्क घटाएको छ ।

यसअघि पीसीआर परीक्षणको लागि ५५ सय तिर्नुपर्नेमा अहिले परीक्षणको शुल्क अधिकतम ४४ सय निर्धारण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयले कोरोना परीक्षणको शुल्क ४ हजार रुपैयाँ तोकेको छ । साथै आफ्नै ल्याब नभएका अस्पतालले भने अन्यमा लैजानुपर्ने भएकोले ४ हजार ४ सय लिन पाउने प्रवक्ता डा गौतमले जानकारी दिए ।

उनका अनुसार आफ्नै ल्याब नभएका अस्पतालहरुले पीपीई लगायतको शुल्कका रुपमा थप ४०० लिन पाउने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?