उपत्यकाको समुदायमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरिने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को प्राविधिक सहयोग लिएर यो साताभित्र तालिम सकाएर अर्को साताबाट समुदायमा परीक्षण (सेरो प्रिभिलेन्स अध्ययन) अघि बढाउने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
‘उपत्यकामा ट्राभल हिस्ट्री नभएका संक्रमित देखिएको र महिला संक्रमित प्रतिशत बढेको हुनाले संक्रमण समुदायमा फैलिएको हो कि भन्न सकिन्छ, समुदायको अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गर्न लागेका हौं,’ ईडीसीडीका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने ।
संक्रमितको संख्या बढेकाले समुदायस्तरमा सेरो प्रिभिलेन्स अध्ययन गर्न मन्त्रालयलाई आफूहरूले सुझाव दिएको सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया