कोरोनाले एक महिनामै ११४ जनाको मृत्यु

नेपाली सेनाको भैरव प्रसाद गणको विषेश टोलीले बाँके बैजनाथ गाउँपालिका–६ सम्झनाकी ४६ वर्षीया कोरोना संक्रमित महिलाको अन्तिम संस्कार गरिदै ।

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरूको मृत्यु हुने दर ह्वात्तै बढेको छ । गत ८ साउनसम्म ४३ जनाको मृत्यु भएकामा सोमबारसम्म मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।

एक महिनामै १ सय १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । गत ८ जेठसम्म तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएकामा ८ असारमा बढेर २२ पुगेको थियो ।

पछिल्ला आठ दिनमा थप ५० संक्रमितको मृत्यु भएको छ । केही दिनयता लक्षणसहितका संक्रमित थपिन थालेपछि मृतकको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको हो । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?