तारकेश्वरको जितपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ३ जितपुरफेदीमा एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ५८ वर्षीया महिला रहेकी छिन् ।

बिगत केही दिनदेखि लगातार ज्वरो आएको ती महिलामा सोमवार कोरोना पुष्टि भएको वडाअध्यक्ष मनोहरी तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार उनलाई अस्पताल लगिएको र सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट् ट्रेसिङको तयारी भइरहेको छ ।

त्यस्तै उनीसहित नगरपालिकामा कोरोना संक्रमण हुनेको संख्या ५८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?