सुदूरपश्चिममा थप ५७ जनामा कारोना संक्रमण पुष्टि

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

आज डडेल्धुरा अस्पताल प्रयोगशालामा १ हजार १०६ जनामा गरिएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमा हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८, महाकाली नगरपालिकाका १, बैतडीको आम्री क्याम्पका १ जना छन् ।

त्यसैगरी कैलालीको गौरीगंगा नगरपालिका का ७, घोडाघोडी नगरपालिकाका ३१, टीकापुर नगरपालिकाका ८ र जानकी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भुषालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?