अब वाणिज्य बैंकका हरेक शाखाले विदेशी मुद्राको कारोबार गर्नुपर्ने भएको छ । यसअघि एउटा बैंकका सबै शाखाबाट विदेशी मुद्राको कारोबार अनिवार्य थिएन ।
राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली ०७७ मा यो नयाँ व्यवस्था ल्याएको हो । १० वर्षपछि परिमार्जन गरेको विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया