काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख १० हजार ८ सय ७८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ३५ लाख ४ हजार ९ सय ५६ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ६० लाख २७ हजार १ सय ५१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ६ सय ५८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ८० हजार ३ सय ८६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १४ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५८ लाख ५६ हजार ३ सय ४६ पुगेको छ । हालसम्म ३१ लाख ५२ हजार १ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार ६ सय ७८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र २ सय १२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ६ हजार ७ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ३५ लाख ८९ हजार ४ सय ६९ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख १४ हजार ४ सय ६९ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २७ लाख ९ हजार ६ सय ३८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ९२ जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५७ हजार २ सय ६३ पुगेको छ । बितेको २४ घण्टामा ३७ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३० लाख ८० हजार ४ सय ८३ पुगेको छ । हालसम्म २३ लाख १३ हजार ५ सय १० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ४ सय १७ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १६ हजार ३ सय ८३ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ८ सय ५२ जनामा कोरोना पुष्टि भएको र ७३ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख ५६ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ७ लाख ७० हजार ६ सय ३९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार ९ सय ८७ पुगेको छ । हालसम्म ६ लाख ७ हजार ४५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ५ लाख ४ हजार १ सय २७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
पेरुमा हालसम्म पेरुमा २७ हजार ४ सय ५३ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ५ लाख ८५ हजार २ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ३ लाख ९१ हजार १ सय ४४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ५ सय ६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
मेक्सिकोमा बितेको २४ घण्टामा ६ हजार ४ सय ८२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख ५६ हजार २ सय १६ पुगेको छ । हालसम्म कोरोनाको कारण ६० हजार २ सय ५४ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ६ सय ४४ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ३ लाख ८० हजार ४ सय ७० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ४ सय ५० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार ८ सय ५२ पुगेको छ । चिलिमा कुल संक्रमितको संख्या ३ लाख ९७ हजार ६ सय ६५ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ७१ हजार १ सय ७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार २७ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ८ सय ३८ पुगेको छ । हालसम्म ४ लाख ७ हजार ८ सय ७९ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ५ सय ४१ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ घण्टामा कोरोनाको कुनै असर देखिएको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया