अवैध हातहतियार खरखजाना मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा । अवैध हातहतियार खरखजाना मुद्दाका फरार प्रतिवादी हल्दीबारी गाउँपालिका-३ बस्ने ३८ वर्षीय सुनिल मेचेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरबाट २०७५ चैत ११ गते १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका मेचेलाई खोजी गर्नेक्रममा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले बिर्तामोड नगरपालिका-१ स्थित बजाज सोरुम नजिकबाट पक्राउ गरेको जनाएको छ ।

प्रतिवादी मेचेलाई कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुर पठाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?