काठमाडौं । कोरोना संक्रमणको कारण सुनसरीमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका वडा नं ८ का ६८ वर्षीय पुरुष रहेका छन् ।
उनमा गत साउन २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अत्याधिक खोकी, स्वास फेर्न समस्या तथा उच्च ज्वरोको कारण उनलाई साउन ३० गते नै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको थियो ।
उनमा उच्च रक्तचाप, मधुमेह र स्वास प्रश्वास सम्बन्धि समस्या समेत रहेको थियो । उनको उपचारको क्रममा आज (आइतवार) साँझ ६ ३५ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार शवको नियमअनुसार अन्त्येष्टी हुँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया