काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बिहान सवा ९ बजेसम्म मात्र किराना, दुध, तरकारी र मासु पसल खोल्न पाइने भएको छ ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
“औषधी पसलको हकमा कुनै रोकतोक छैन् । बिहान सातै बजे प्रहरीले बन्द गरेको भन्ने कम्प्लेन आएर त्यसो गरेको हो ।” काठमाडौंका प्रजिअ जनकराज दाहालले बताए ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । आज मात्र उपत्यकामा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया