चितवन । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमा ७ जना चितवनका, १ जना सर्लाही र १ जना तनहुँका रहेको भरतपुर अस्पतालले जनाएको छ ।
भरतपुर अस्पतालको प्रयोगशालामा विभिन्न जिल्लाबाट १ सय २ जनाको स्वाब संकलन गरिएको थियो ।
तीमध्ये ९ जनामा कोरोना पुष्टि भएको र बाँकी ९३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया