राजधानीको एक मिडिया हाउसका ६ जनामा कोरोना संक्रमण

काठमाडौं । राजधानीबाट सञ्चालन हुँदै आएको एक मिडिया हाउसमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार सो मिडिया हाउसका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमा केही फिल्डमा खटिने रिपोर्टर र डेस्कमा कार्यरत कर्मचारी समेत रहेका छन् ।

उनीहरुमध्ये अधिकांशमा लक्षण बिना नै संक्रमण देखिएको छ । ‘लक्षण नदेखिकनै पनि कोरोना परीक्षण गराउनु भएको रहेछ, ६ जनामा पोजेटिभ देखियो’, मन्त्रालय स्रोतले भन्यो ।

स्वास्थ्य मन्त्रालयले सोमबारको मिडिया ब्रिफिङमा काठमाडौंका १६० जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको थियो भने उपत्यकाका तिनै जिल्लामा जारी २१६ जनामा पुष्टि भएको जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?