काठमाडौं । भक्तपुरमा १ सहित बितेको २४ घण्टामा कोरोनाको कारण थप ९ जनाको मृत्यु भएको छ । त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएका मृतक कहाँका कति ?
सुनसरीका ६७ वर्षीय पुरुष र ६ वर्षीया बालिका
पर्साका ६१ वर्षीय पुरुष, ५८ वर्षीय पुरुष र ४८ वर्षीय पुरुष
बाराका ५८ वर्षीय पुरुष
सिरहाका ६८ वर्षीय पुरुष
मकवानपुर ५६ वर्षीय पुरुष
भक्तपुरका ७३ वर्षीय पुरुष
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ० दशमलव ५ प्रतिशतको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया