कोरोनाको कारण ६ वर्षीया बालिकासहित थप ९ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण थप नौ जनाको मृत्यु भए भएको छ । त्यससँगै देशभरमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो विवरणअनुसार मृत्यु हुनेमा सुनसरीमा ६ वर्षीया बालिकासहित एक पुरुष रहेका छन् । पर्सामा तीन पुरुषसहित बारा, सिरहा, मकवानपुर र भक्तपुरमा एक/एक पुरुषको कारोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै नेपालमा बितेको २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?