काठमाडौं । हिन्दू महिलाहरुले आज सप्तऋषिको पूजाआजा गरी हरितालिका तीजको व्रत सम्पन्न गर्दैछन् । आजको दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर नुवाई धुवाई गर्ने गर्दछन् ।
यो पञ्चमी मध्यान्हसम्म रहने अर्थात मध्यान्हव्यापिनी ग्राह हुन्छ । माधवीयमा हारीतको वचन यस्तो रहेको छ – सबै किसिमका पूजा र व्रतहरुमा मध्यान्हव्यापिनी पञ्चमीतिथि लिनुपर्दछ ।
साथै एक वर्षको प्रतीकका रुपमा ३ सय ६५ वटा दतिवनले दाँत माझी, माटो, तिल र अमलाको पिनाले स्नान गरी चोखो वस्त्र पहिरेर मध्याह्नपख अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नुपर्दछ ।
भविष्य पुराणका अनुसार रजस्वला भइसकेका नारीहरुले व्रह्म हत्याको पापमुक्ति तथा रजस्वला भएको अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस भन्नाका लागि सप्तऋषिको पूजा गर्ने प्रचलन रहेको हो । काठमाडौंको टेकूस्थित ऋषेश्वर महादेवको मन्दिरमा पूजा आराधना गर्नको लागि मानिसहरु जम्मा हुने गर्दछन् ।
ऋषिपञ्चमी तिथिमा गौतम, विश्वामित्र,कस्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी र अरुन्धतीका प्रतिमा तयार गरि तिनमा उक्त ऋषि र अरुन्धतीको पूजा निम्न मन्त्रको उच्चारण गरि गर्नुपर्दछ ।
गौतमको आवाहन एवं पूजनमन्त्र ।
आवाहये गौतमविप्रराजं संसारमोहौघविनाशदक्षम् ।
महाद्युतिं तर्कविचारदक्षं रक्षाध्वारन्नःसततं शिवाय ।।
ॐ अभि त्वा गोतमा गिरा जातवेदो विर्चषणो ।
द्युम्नैरभि प्रणोनुमः।।
भारद्वाजको आवाहन एवं पूजनमन्त्र ।
यज्ञे भारद्वाज महाप्रभाव बहुद्युते त्राहि महामने त्वम् ।
दयार्णवाधीश बहुजदेव रक्षाध्वरं नो भनवान्नमस्ते ।
ॐएवा नः स्मृधः समजा समत्स्विन्द्र रारन्धि मिथतीरदेवीः।
विद्याम वस्तोरवसा गृणन्तो भारद्वाजा उत ईन्द्र नूनम् ।।
विश्वामित्र आवाहन एवं पूजनमन्त्र ।
श्रीविश्वामित्राद्भुतशक्तियोगयज्ञे नवसृष्टिविधानिकस्त्वम् ।
आगच्छ योगीश्वर देवदेव गृहाण पूजां भववन्नमस्ते ।।
ॐ एवा ते वयमिन्द्र भुञ्जतिनां विद्याम सुमतीनां नवानाम् ।
विद्याम विद्याम वस्तोरवसा गृणन्तो विश्वामित्र उच ईन्द्र नूनम् ।।
कश्यपको आवाहन एवं पूजनमन्त्र ।
आवाहये कश्यपमादितेयमृषिं पुराणं परमेष्ठितुल्यम् ।
सप्तर्षिमध्ये प्रतनं महेशं रक्षाध्वरन्नो भगवान्नमस्ते ।।
ॐ ऋषे मन्त्रकृर्ता स्तौमैःकश्यपोद्वर्धयन् गिरः
सोमं नमस्य राजानं यो जज्ञे वीरुघा पतिरिन्द्रायेन्दो परिस्रव ।।
जमदग्निको आवाहन एवं पूजनमन्त्र ।
आवाहयेऽहं जमदग्निमग्य्रं मुनिप्रवीरं श्रुतिशास्त्रभाजम् ।
कृपानिधिनाममितद्युतीनां तेजोव्रतां बुद्धिमतामृषीणाम् ।।
ॐ प्रसुतो भक्षमकरं चरावपि स्तोमं चेमं प्रथमःसूरिरुन्मृजे ।
सुते सातेन यद्यागमं वां प्रति विश्वामित्रजमदग्नी दमे ।।
वसिष्ठको आवाहन एवं पूजनमन्त्र ।
वसिष्ठयोगिन् सकलार्थवेत्त आगच्छ यज्ञेऽन्न कृपां विद्येह ।
तेजस्विनामग्रसरोग्रबुद्धे विशाध्वरं नो भगवन्नमस्ते ।।
ॐ उतासी मैत्रावरुणो वसिष्ठोर्वश्या ब्रहन्मनसोऽधि जातः।
द्रप्सं स्कन्नं ब्रहणा दैव्येन विश्वे देवाः पुस्करे त्वाददन्त ।।
अत्रिको आवाहन एवं पूजनमन्त्र ।
आवाहयेऽत्रिं तपसान्निधानं सोमात्मजं देवमुनिप्रवीरम् ।
पाहि त्वमस्मान्महता महिम्ना रक्षाध्वरं नो भनवान्नमस्ते ।।
ॐअत्रिर्यद्वामवरोहन्नृबीसमजोहवीन्नाधमानेव योषा ।
श्येनस्य चिज्जवसा नूतनेनागच्छतमश्विना शान्तमेन ।।
अरुन्धतीको आवाहन एवं पूजनमन्त्र ।
पुनीहि मां देवि जगन्नुते च तापन्नयोन्मूलनकारिणी च ।
पतिव्रते धर्मपरायणे त्वमागच्छ कल्याणि नमो नमस्ते ।।
ॐ भूर्भुवःस्व अरुन्धति इह तिष्ठ अरुन्धत्यै नमः अरुन्धतीमावाहयामी स्थापयामि ।।
उक्त मन्त्रहरुबाट सप्तर्षि एंव अरुन्धतिको आवाहन र पूजा गरिसकेपछि नछरिकन वा नरोपिकन पवित्र जमीनमा आफै उम्रिएको साग खानुपर्दछ ।
सात वर्षसम्म सप्तर्षिका सातकुम्भ र अरुन्धतिको एक कुम्भमा पूजा गरि पञ्चमीको दोस्रो दिन ती मन्त्रहरुबाट १०८ संख्यामा तिलद्धारा हवन गरेर सातब्रहणलाई भोजन गराउनु पर्दछ भन्ने कुरा निर्णयामृतमा उल्लेख गरिएको छ ।
ज्यो.दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया