काठमाडौं । नेपालमा कोरोनाको कारण पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ ।
त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएका मृतक कहाँका कति ?
मृत्यु हुनेमा सुनसरीका ६७ वर्षीय पुरुष र ६ वर्षीया बालिका
पर्साका ६१ वर्षीय पुरुष, ५८ वर्षीय पुरुष र ४८ वर्षीय पुरुष
बाराका ५८ वर्षीय पुरुष
सिरहाका ६८ वर्षीय पुरुष
मकवानपुर ५६ वर्षीय पुरुष
भक्तपुरका ७३ वर्षीय पुरुष
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ० दशमलव ५ प्रतिशतको कोरोना संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै नेपालमा बितेको २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ६०, भक्तपुरमा ५० र ललितपुरमा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया