देशलाई आत्मनिर्भर बनाउने मोदीको उद्घोष

काठमाडौं । भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई आत्मनिर्भर बनाउने उद्घोष गरेका छन् ।

यसै सन्दर्भमा आफ्नो मन्तव्य राख्दै मोदीले देशलाई आत्मनिर्भर बनाउन कोरोना भाइरसलाई अवसरको रुपमा लिनुपर्ने कुरामा जोड समेत दिएका छन् ।

कोभिडपछि मुलुकलाई आत्मनिर्भर बनाउनको लागि विश्वका सबै देशहरुसँगको सम्बन्ध सुधार गर्नुपर्नेमा जोड समेत दिएका छन् । “हाम्रो छिमेकी देशसँग चाहे उ जमिनसँग जोडिएको होस् या समुन्द्रसँग हामीले आफ्नो सम्बन्धलाई अझै विश्वासका साथ जोडिरहेका छौं ।” उनले भनेका छन् ।

भारतको प्रयास रहनेछ कि आफ्नो छिमेकी देशसँग आफ्नो पुरानो साँस्कृतिक, आर्थिक र सामाजिकको आधारमा सम्बन्ध गहिरो होस् भन्दै प्रधानमन्त्री मोदीले दक्षिण एसियाको देशहरुमा जति शान्ति हुन्छ, जति सौहाद्रता हुन्छ, ती सबै मानवताका लागि काम आउने धारणा राखेका थिए ।

त्यस्तै आफ्ना छिमेकीहरु सँगको पुरानो साँस्कृतिक, आर्थिक र सामाजिकको आधारमा सम्बन्ध गहिरो होस् भन्दै प्रधानमन्त्री मोदीले दक्षिण एसियाको देशहरुमा जति शान्ति हुन्छ, जति सौहाद्रता हुने विश्वास समेत व्यक्त गरेका छन् ।

भारतले आफ्नो सम्प्रभुताका लागि देश र त्यहाँका सेनाले के गर्न सक्छ त्यो लद्दाखमा देखाई दिएको पनि उनले धारणा राखेका थिए ।
उनले भने, “भारत आफ्नो १३० करोड जनताको समर्थनमा ‘मेक फर वल्र्ड’ को दिशामा प्रगती गर्ने तागत राख्छ ।” भारतको सम्प्रभुतामाथि जसले आँखा लगाउँछ उसलाई त्यसैगरि जवाफ दिने पनि उनले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?