काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ५९ हजार ५ सय २४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ११ लाख ४ हजार ४ सय ९ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ३९ लाख ९० हजार १ सय ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ५ सय ५२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६५ हजार ८ सय ८८ पुगेको छ । बितेको २४ घण्टामा ४६ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २५ लाख ६ हजार २ सय ४७ पुगेको छ ।
हालसम्म १७ लाख ७० हजार ६ सय ८२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय ४४ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया