ब्राजिलमा कोरोना संक्रमित संख्या ३२ लाख २९ हजार नाघ्यो

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ५९ हजार ५ सय २४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ११ लाख ४ हजार ४ सय ९ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट १ करोड ३९ लाख ९० हजार १ सय ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ५ सय ५२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

ब्राजिलमा बितेको २४ कुनै संक्रमण देखिएको छैन् । ब्राजिलमा कुल संक्रमित संख्या ३२ लाख २९ हजार ६ सय २१ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ५ हजार ५ सय ६४ जनाको ज्यान गएको छ ।

वल्डोमिटरको तथ्यांक अनुसार २३ लाख ५६ हजार ६ सय ४० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?