यी ५ देशमा छन् विश्वकै सबै भन्दा धेरै कोरोना संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ५९ हजार ५ सय २४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ११ लाख ४ हजार ४ सय ९ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ३९ लाख ९० हजार १ सय ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ५ सय ५२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ७० हजार ८ सय ५९ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २० हजार ८ सय २४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५४ लाख ३६ हजार ४ सय ९० पुगेको छ । हालसम्म २८ लाख ४५ हजार ७ सय १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार २ सय २० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ४४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ कुनै संक्रमण देखिएको छैन् । ब्राजिलमा कुल संक्रमित संख्या ३२ लाख २९ हजार ६ सय २१ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ५ हजार ५ सय ६४ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २३ लाख ५६ हजार ६ सय ४० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४८ हजार ८ सय ८८ पुगेको छ । बितेको २४ घण्टामा ४६ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २५ लाख ६ हजार २ सय ४७ पुगेको छ । हालसम्म १७ लाख ७० हजार ६ सय ८२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय ४४ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५ हजार ४ सय ९८ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ६५ जनामा कोरोना पुष्टि भएको र १ सय १४ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख १२ हजार ८ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ७ लाख २२ हजार ९ सय ६४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार २ सय ७० पुगेको छ । हालसम्म ५ लाख ७२ हजार ८ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ४ लाख ३७ हजार ६ सय १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?